पहिलो युरोपा कन्फेरेन्सको उपाधी मोरिन्होको रोमालाई

इटालियन क्लब रोमाले युरोपा कन्फेरेन्स लिगको उपाधि हात पारेको छ ।

गएराती भएको युरोपा कन्फेरेन्स लिगको फाइनल खेलमा रोमाले फेयनूर्डलाई १-० गोल अन्तरले हराउदै उपाधि जितेको हो ।

रोमाको जितमा खेलको ३२ औं मिनेटमा निकोलो जानिओलोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यसै सिजनबाट शुरु गरिएको युरोपा कन्फेरेन्स लिगको उपाधि जितेर रोमाले इतिहास बनाएको छ । रोमा यो उपाधि जित्ने पहिलो टिम बनेको छ । त्यस्तै रोमाक म्यानेजर जोसे मोरिन्होले अर्को युरोपियन उपाधि जितेका छन् । मोरिन्होले युरोपा सबै टिन प्रतियोगिता च्याम्पियन्स लिग, युरोपा लिग र कन्फेरेन्स लिग जित्ने पहिलो म्यानेजर समेत बनेका छन् ।

यो रोमाको २००७-०८ मा कोपा इटालियाको उपाधि जितेपछिको पहिलो ट्रफी हो ।

म्यानेजरको रुपमा मोरिन्होले पोर्टो र इन्टर मिलानलाई च्याम्पियन्स लिग जिताएका छन् भने म्यानचेस्टर युनाइटेडलाई युरोपा लिग र अहिले रोमाबाट कन्फेरेन्स लिग जित्दै पहिलो म्यानेजर जसले यी ३ वटै युरोपियन लिग जित्न सफल भएको छ ।