पहिलो प्री सिजन खेलमा युभेन्टसको हार, रोनाल्डोले गरे गोल

युभेन्ट्सले आफ्नो पहिलो प्री सिजन खेलमा टोटेन्ह्यामसंग हारेको छ ।

सिङगापोरमा भएको खेलमा पहिलो अग्रता टोटेन्ह्यामले लिएको थियो । खेलको ३० औ मिनेटमा लामेलाले गोल गरेका थिए ।

त्यसपछि दोस्रो हाफको ५६ औ मिनेटमा युभेन्ट्सका हिगुएनले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । ६० औ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाइ २-१ को अग्रता दिलाए । टोटेन्ह्यामका लुकास मौराले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । खेलको अन्तिम मिनेटमा टोटेन्ह्यामका ह्यारी केनले गोल गर्दै टोटेन्ह्यामलाइ जित दिलायो ।

अब बुधबार सझ ५:१५ बजे युभेन्ट्सले इन्टर मिलानको सामना गर्ने छ । त्यसै गरि टोटेन्ह्यामले बिहिवार सझ ५:१५ मा म्यान्चेस्टर युनाइटेडको सामना गर्ने छ ।