दोस्रो पटक हारबाट जोगे पछि सान मारिनोका खेलाडी यसरी भावुक भए

सान मारिनो युरोपको फुटबलमा एक कमजोर टिम रहेको छ र धेरै जस्तो खेलमा सान मारिनो हारको सामना गर्दै गरेको हुन्छ। युरोपको अरु टिमहरु जस्तो सान मारिनोमा फुटबल पेशेवर रुप लिन सकेको छैन र विकास हुन सकेको छैन र प्राय खेलाडीहरु अन्य पेशाका रहेका छन्।

सान मारिनोको राष्ट्रिय टोली डेन्टिस्ट, एकाउन्टेन्ट र बैंकरहरूले भरिएको छ र सान मारिनोले १५० खेलमा १४७ हारको सामना गरेको।

यूइएफए नेशन्स लिगमा दुई खेल बराबरीमा रोक्न सफल भएका सान मारिनो पहिलो पटक कुनै प्रतियोगितामा २ पटक हारबाट जोगेको हो र सो पछि खेलाडीहरु निकै भावुक हुने पुगे।

लिकस्टेन र जिब्राल्टर संगको खेल ०-०मा अन्त्य भए पछि पहिल पटक सान मारिनो लगातार हारबाट जोगेको र सो उपलब्धिबाट सेन्टर ब्याक डन्टे रोसी निकै भावुक भए र अन्तर्वार्ताको क्रममा रुन पुगे।