“पहिलो पटक रियलमा आउँदा यी तीन खेलाडीहरूबाट मैले हरेक दिन धेरै सिके”

पहिलो पटक रियल म्याड्रिड आउँदा आफूले रियलका तीन खेलाडीहरूबाट हरेक दिन धेरै सिकेको भनेर सर्जियो रामोसले बताएका छन्।

३५ बर्षेका स्टार सेन्टर-ब्याक २००५ सेभिल्लाबाट रियलमा £१८ मिलियनमा आएका थिए। र रामोस, जो हाल क्लब कप्तान छन्, विश्व फुटबलको सर्वश्रेष्ठ डिफेन्डर मध्ये एक को रूप मा एक प्रतिष्ठा निर्माण गरेका छन् र उनले आफ्नो सफलतामा रियलका पुर्व स्टारहरूको पनि योगदान रहेको बताए।

स्पेनका कप्तानले स्वीकार गरे कि उनले इकर क्यासिलास, राउल र फाबियो कान्नावारो सँग “हरेक दिन धेरै सिकेका थिए।”

रामोसले स्पेनी अखबार मार्कालाई भने: “जब म रियल म्याड्रिड आइपुगेँ मैले राउल र इकर जस्ता अनुभवी खेलाडीहरूबाट धेरै सिके।

“फाबियो कान्नावारो … अर्को खेलाडी थिए जो संग मैले हरेक दिन सिके। यी ३ खेलाडीहरूले मलाई धेरै मदत गरे”

रामोस, जसको हालको म्याड्रिडसँगको सम्झौता अर्को गर्मीमा समाप्त हुने छ, क्लबमा उनको उल्लेखनीय १५ वर्षको अवधिमा लस ब्लान्कोसका लागि उनले ६५० खेल खेले।

उनले राष्ट्रिय टोलीबाट विश्वकप पनि जितेका छन् भने क्लब र राष्ट्रिय टिमको एक भरपर्दो डिफेन्डर बनेका छन्।