पहिलो पटक फिफा वरियतामा कुनै परिवर्तन भएन

विश्व फुटबल महासंघ फिफाको वरियतामा पहिलो पटक कुनै फेरबदेल भएको छैन । कोरोना भाइरसको महामारीका कारण विश्व फुटबल ठप्प हुदाँ त्यसको असर विश्व वरियतामा परेको छ ।

अन्तर्राष्ट्रिय फुटबल गतिविधि सञ्चालननहुँदासम्म वरियता यथावत रहने फिफाले जनाएको छ । भारसका कारण खेल तालिका, विश्वकप छनोट लगायतका अरु सबै प्रतियोगिता ठप्प छन् ।

यसअघि फिफाले सार्वजनिक गरेको मार्च महिनाको वरियतामा साउथ सुडान, बर्मुडा र जमैकाको परिवर्तन भएको थियो । तर, अन्यको वरियता भने यथावत नै थियो । तर, अब कोरोनाबाट मुक्त भएर फुटबल गतिविधि सञ्चालन नहुँदासम्म वरियतामा कुनै परिवर्तन नहुने भएको छ ।

नेपालपनि केहि समयका लागि एक सय ७० औं स्थानमा यथावत रहने छ । फिफा वरियताको शीर्ष स्थानमा बेल्जियम छ ।