पहिलो पटक नेमारको मूल्यमा गिरावट

अनलाइन खेलाडी सुचना पोर्टल ट्रान्सफरमार्केटमा नेमारको खेल क्यारियर मा पहिलो पटक उनको मूल्य घटेको छ।

लगभग ११ बर्ष पछि नेमारको बजार मूल्यमा गिरावट आएको छ, अनलाइन खेलाडी विशेषज्ञको वेबसाइट ट्रान्सफरमार्केटमा उनको मूल्यमा गिरावट आएको छ।

पिएसजीमा सामेल भएदेखि, ब्राजिलियन स्टारले पेरिसका क्लब संग केही उपाधिहरु जितेका छन्।

फेब्रुअरी २००९मा, सान्तोससँग आफ्नो व्यावसायिक पहिलो टीम शुरुवात गरेको एक महिना अघि, नेमारको ट्रान्सफरमार्केटमा १७ मिलियन मूल्य रहेको थियो।

त्यसको लगत्तै, स्पेनबाट रुचि बढ्न थाले पछि उनलाई “नयाँ पेले”को नाम पनि दिएको थियो।

बार्सिलोना बाट उनि २२२ मिलियन यूरोमा पिएसजी गए जुन बेला ट्रान्सफरमार्केटमा उनको मूल्य १०० मिलियन युरो रहेको थियो ।

पिएसजीमा गए पछि उनको १८० मिलियन यूरो पुगेको थियो जुन सबै भन्दा धेरै थियो र हाल उनको मूल्यमा गिरावट आएको छ र उनको मूल्य १६० मिलियन युरो बनेको छ।