पहिलो खेलमा मनाङको सहज जित

कतार यर्वेज शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले एपीएफ क्लबमाथी सहज जित निकालेको छ ।

दशरथ रंगशालामा भएको खेलमा मनाङले २–० को जित दर्ता गरेको हो ।
मनाङका लागि दुवै गोल विमल रानाले गरे ।

मनाङले २८ औं मिनेटमा विमलको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । विमलले जगजित श्रेष्ठको पासमा हेड गोल गरेका थिए ।
कोएरा लार्बाले मिलाएको पासलाई विमलले ३४ औं मिनेटमा गोल गर्दै २-० को जित दिलाउन सफल भयो ।