पहिलो खेलमा एनआरटीको फराकिलो जित

ए डिभिजन लिगमा न्यूरोडले सरस्वती क्लबलाई ४–० ले हराएको छ ।

टोलीको जितमा जुनियर र सरोज तामाङले गोल गरेका थिए । ४० औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीको कर्नमार जुनियरले हेडमार्फत गोल गरेका थिए । सरोजले ६९ औं मिनेटमा गाल थपे । मिन अरिक विष्टको फ्रिकिकमा सरोजले पनि हेडमार्फत नै गोल गरेका थिए ।

राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको एनआरटीले १६ औं मिनेटमै गोलको अवसर पाएको थियो । जुनियरको क्रसमा ओओनाको हेडप्रहार बाहिरिएको थियो भने १९ औं मिनेटमा ओओनाको क्रसमा प्रकाशको फिलतो प्रहारलाई विपक्षी गोलकिपर विष्णु केसीले रोक ।

पहिलो हाफको इन्जुरी समयमा ओओनाको एक्रोब्याटिक ब्याक पासमा राजेशको प्रहार पोष्ट नजिकबाट बाहिरिइो ।

पाँचौं मिनेटमा सरस्वतीका कप्तान रमेश तामाङको प्रहार पोष्ट नजिकबाट बाहिरायो । सातौं मिनेटमा उनको अर्को प्रहार पोष्ट माथिबाट गयो ।