पहिलो उपाधिको लागि नेदरल्यान्ड साविक विजेता अमेरिकासँग खेल्दै

फ्रान्समा चलिरहेको महिला विश्वकप फुटबलको उपाधिका लागि आइतबार राति साविक विजेता अमेरिका नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार आज बेलुका ८:४५ बजे खेल सुरु हुनेछ।

सेमिफाइनलमा इङ्ल्यान्डलाई २/१ ले पराजित गर्दै अमेरिका फाइनल पुगेको थिए। यदि फाइनल जिते अमेरिकाले चौथो पटक उपाधि चुम्ने छ।

पहिलो पटक फाइनलमा पुगेको नेदरल्यान्ड भने यो विश्वकप उपाधिसहित यादगार बनाउने योजनामा छ । नेदरल्यान्डले सेमिफाइनलमा स्वीेडेनमाथि १/० को जित निकाल्दै अमेरिकासँगको फाइनल भेट पक्का गरेको हो।