पर्भिस ब्राईटनमा अनुबन्धित

एजेन्सी । इंग्लिस क्लब ब्राईटनले भिल्लारियलका लेफ्ट ब्याक पर्भिस स्टुपिनानलाई अनुबन्धित गरेको छ । क्लबले पर्भिसलाई पाँच वर्षे सम्झौताका लागि अनुबन्ध गरिएको जनाएको छ ।

ब्राईटनका लेफ्ट ब्याक मार्क कुकुरेला चेल्सी प्रस्थान गरे पछि क्लबले विकल्पका लागि पर्भिसलाई अनुबन्ध गरिएको हो ।

क्लबले सुरुआती दुई लिग खेलमा सोलि मार्चलाई मैदानमा उतारे पनि दीर्घकालीन रुपमा पर्भिसलाई भित्र्याएको हो ।

पर्भिसले यसअघि एलडियु कुइटो, वाटफोर्ड जस्ता क्लबबाट समेत व्यवसायिक फुटबल खेलिसकेका छन् ।

उनले भिल्लारियलबाट युरोपा लिग जितेका थिए । यस्तै, ब्राईटनले आइतबार लिग खेलमा वेस्ट ह्याम युनाईटेडको भ्रमण गर्नेछ ।

अपराजित रहेको ब्राईटनले पहिलो खेलमा म्यान्चेस्टर युनाईटेडलाई २-१ ले हराउदै चर्चा बटुलेका थिए भने दोस्रो खेलमा न्युकासलसंग गोलरहित बराबरीमा रोकिएको थियो ।