परिवारले स्पेनमा सर्ने इच्छा व्यक्त गरेपछि लेवान्डोस्की एट्लेटिको जान सक्ने

जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कि स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा अनुबन्धित हुन सक्ने प्रवल सम्भावना रहेको रिपोर्ट्सहरुले जनाएका छन् ।

३३ वर्षिय स्ट्राइकरको बायर्नसंग सम्झौता मात्र १८ महिना रहेको र अहिले सम्म नवीकरणको कुनै संकेत नदेखाएपछि उनले क्लब छाड्ने बुझिएको हो ।

परिवारले स्पेनमा सर्ने इच्छा देखाएपछि एट्लेटिकोसंग नाम जोडिएको हो ।

अर्को सिजनको अन्त्य सम्म सम्झौता रहेको लेवान्डोस्कीलाई बायर्नले सम्झौता सक्किनु अघि बेचे राम्रो रकम पाउनेछ भने अर्को सिजनको अन्त्य सम्म कुरे सित्तैमा छाड्ने छन् ।

रियल, चेल्सी जस्ता क्लबहरु पनि उनलाई भित्र्याउन खोजी रहेको बुझिएको छ ।

उनले यस सिजन ३९ खेलमा ३३ गोल गरिसकेका छन्