पत्रकारहरुको प्रश्न पछि मोउरीन्हाे आक्रोसमा (Video)

इग्लिस प्रिमियर लिगको नयाँ सिजनको सुरुवाती ३ खेलमा दुईमा हार ब्यहोरर दबावमा आएका प्रशिक्षक जोजे मोउरीन्हाेले टोटनह्यामसँगको हारपछि चिडिएर अरु १९ प्रशिक्षक भन्दा धेरै उपाधि आफुले जितेको भन्दै रिस पोखेका छन ।


म्यान्चेस्टर युनाईटेडले यो सिजनको लिगमा दोस्रो खेलमा हार ब्यहोरेपछि भएको पोष्ट म्याचमा प्रशिक्षक मोउरीन्हाे निकै आक्रोसमा देखिए । तीन शुन्यको हारपछि पनि टिमले राम्रो खेलेको बताएका मोउरीन्हाेले पत्रकारको प्रश्नमा उल्टो आक्रोष पोख्दै आफु प्रिमियर लिगको उत्कृष्ट प्रशिक्षक भएको र बाकि १९ क्लवका प्रशिक्षकहरु भन्दा आफुले धरै उपाधि जितेको भन्दा उल्टो पत्रकारलाई चुप लगाए ।