यो सिजन प्रिमियर लिग क्लब चेल्सीको खराब फम अझै जारी रहेको छ। शनिवार ब्राइटन सँग आफ्नै होममा २-१ले पराजित भएको चेल्सी पछिल्लो ६ खेलमा जित विहीन रहेको छ।
हाल चेल्सी पछिल्लो ६ खेलमा जित विहीन रहेको छ। पछिल्लो ६ खेलमा चेल्सीले ४ हार र २ बराबरीको सामना गरेको छ जसमा ५ लिग खेल र १ च्याम्पियन्स लिग खेल रहेको छ।
Chelsea are now without a win in six games and have lost their last three.
Brighton clocked up 26 shots to #CFC‘s six, with the home side mustering an expected goals total of just 0.6.
Next up, they face Real Madrid in the Champions League…https://t.co/BDwFaUBw5z pic.twitter.com/vFeXFkD5y9
— The Athletic | Football (@TheAthleticFC) April 15, 2023
चेल्सीले एस्टन भिल्ला, वुल्भ्स, रियल म्याड्रिड र ब्राइटन सँग हार बेहोरेको छ भने एभर्टन र लिभरपुल सँग बराबरी खेलेको थियो।
६ खेल मध्ये २ खेल चेल्सीले ग्राहम पोटरको नेतृत्वमा खेलेको थियो र पछिल्लो ३ खेल- वुल्भ्स, रियल म्याड्रिड र ब्राइटन विरुद्धको खेल चेल्सीले नयाँ अन्तरिम म्यानेजर फ्र्यांक लाम्पार्डको नियुक्तमा खेलेको थियो।
हाल चेल्सी लिगको एघारौँ स्थानमा रहेको छ। यो सिजन चेल्सीले हाल सम्म केवल १० जित पाएको छ भने १२ खेल हारेको छ र ९ बराबरी खेलेको छ र अर्को सिजन चेल्सीले च्याम्पियन्स लिग खेल्न नपाउने लगभग पक्का भएको छ।
यो सिजन चेल्सीले दुई पटक आफ्नो म्यानेजरलाई बर्खास्त गरेको थियो। जर्मन कोच टुचेललाई बर्खास्त गर्दै चेल्सी ग्राहम पोटरलाई भित्राएको थियो भने केही दिन अघि मात्र उनलाई पनि बर्खास्त गर्दै चेल्सीले आफ्नो लेजेन्द खेलाडी र पूर्व कोच फ्र्यांक लाम्पार्डलाई अन्तरिम म्यानेजरको रूपमा नियुक्त गरेको थियो र उनको नेतृत्वमा चेल्सीले आफ्नो ३ खेल हारेको छ।
चेल्सीको खराब फम जारी रहेको बेला अझै पनि चेल्सीले केही ठुलो क्लबहरू सँग खेल्न बाँकी रहेको छ। चेल्सीले अझै यो सिजन रियल म्याड्रिड, आर्सनल, म्यान सिटी, म्यान युनाइटेड न्यूकासल युनाइटेड सँग खेल्न बाँकी रहेको छ।