पछिल्लो २ बर्ष देखि मेस्सी एल क्लासिकोमा गोल गर्न असफल

बार्सिलोनाका स्टार मेस्सीले शनिबार भएको एल क्लासिकोमा पनि गोल गर्न असफल भए पछि उनले क्लासिकोमा गोल गर्न नसको २ वर्ष भएको छ।

शनिबार भएको खेलमा रियलले बार्सालाई ३-१ले पराजित गरेको थियो। सो खेलमा मेस्सी गोल गर्न असफल भए पछि उनि आफ्नो चिर प्रतिद्वन्द्वीबिरुद्धको पछिलो ७ खेलमा गोल गर्न असफल भएका छन्।

उक्त म्याचमा बार्साको एक मात्र गोल युवा स्टार फातीले गरेका थिए।

रियल बिरुद्ध मेस्सीले अन्तिम पटक २०१७/१८को सिजनको खेलमा गरेका थिए। उक्त खेल २-२को बराबरीमा अन्त्य भएको थियो। जसको अर्थ हो रोनाल्डोले रियल छोडे देखि मेस्सीले रियल बिरुद्ध गोल गर्न सकेका छैनन्।

बार्साका सुपरस्टारको यो सिजनमा ला लिगामा १ गोल मात्र रहेको जुन उनले भिल्लारियाल बिरुद्ध गरेका थिए। सो खेल पछि मेस्सी गोल र अस्सित गर्न असफल भएका छन्।