पछिल्लो २ खेलमा रोनाल्डोले गरे ४ गोल तर..

युभेन्ट्सका स्टार फर्वाड क्रीस्टियानो रोनाल्डोले आफ्नो क्लब युभेन्ट्सका लागि पछिल्लो दुई खेल खेल्दा ४ गोल गर्न सफल भएका छन् तर ती ४ वटै गोल उनले पेनाल्टीमा हानेका हुन् ।

गत हप्ता स्पेनिस क्लब बार्सिलोनाबिरुद्ध च्याम्पियन्स लिगको खेलमा रोनाल्डोले युभेन्ट्सको जितमा २ पेनाल्टी गोल गरेका थिए ।

त्यस्तै आइतबार राती भएको सिरी ए खेलमा गेनोआबिरुद्ध पनि दुई गोल पेनाल्टी मार्फत गरेका हुन् ।

आइतबारको जित रोनाल्डोको १०० औं जित पनि थियो । त्यस्तै रोनाल्डो यस शताब्दीमा ४०० औं खेल जित्ने यूरोपको शीर्ष ५ लिग मध्ये पहिलो खेलाडी बन्न सफल भएका छन् ।

रोनाल्डोले यस वर्ष मात्र १७ पेनाल्टी गोल गरेका छन् ।