पछिल्लो १४ खेलमा चेल्सी केवल २ खेल जित्न सफल

यो सिजन चेल्सीको निकै खराब फम अझै जारी रहेको छ। प्रिमियर लिगमा शनिवार चेल्सी लिगको पुछारमा रहेको टिम साउथेम्प्टन सँग १-०ले हार्न पुगेको थियो भने उक्त हार पछि चेल्सी हाल ५ खेलमा जित विहीन रहेको छ भने पछिल्लो १४ लिग खेल चेल्सीले केवल २ खेल जितेको छ।

चेल्सी र साउथेम्प्टन बिच भएको खेलमा ४५ औँ मिनेटमा जेम्स वार्ड प्रोसले फ्री किकबाट गोल गर्दै साउथेम्प्टनलाई अग्रता दिलाएका थिए भने उक्त गोल साउथेम्प्टनको जितको लागि पर्याप्त रह्यो।

सो हार पछि लिगको १०औँ स्थानमा रहेको छ। २३ खेलमा ८ जित ७ बराबरी र ८ हारको साथ चेल्सीले ३१ अंक जम्मा गरेको छ र हाल चेल्सी १०औँ स्थान रहेको छ ।

च्याम्पियन्स लिगको राउन्ड अफ १६को पहिलो लेगमा पनि चेल्सी डर्टमन्ड सँग १-०ले पराजित भएको थियो भने लिगको १०औँ स्थानमा रहेको चेल्सी अर्को सिजन च्याम्पियन्स लिगमा छनोट नहुने ठुलो खतरामा रहेको छ।

जनवरीको ट्रान्सफर विन्डोमा मात्र चेल्सीले नयाँ खेलाडीहरू साइन गर्न £३२३ मिलियन खर्चा गरेको थियो तर पनि चेल्सीको खराब फम अझै पनि जारी रहेको छ । लिगको पछिल्लो १४ खेलमा चेल्सीले ६ हारको सामना गरेको छ भने ६ बराबरी खेलेको छ र केवल २ खेलमा जित हासिल गरेको छ।

हाल चेल्सीको खराब फमको कारण टुचेलको प्रतिस्थापनको रूपमा आएका ग्राहाम पोटर ठुलो दबाबमा रहेका छन् तर क्लबले अझै उनी माथि विश्वास गर्दै उनलाई थप लगानी प्रधान गर्ने जानकारी छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ