पछिल्लो दश बर्षदेखि मेसीले जति गोल र एसिस्ट कुनै खेलाडीले गर्न सकेका छैनन्

स्पेनीस जायन्ट बार्सिलोनाका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीको गोल स्कोरिङ क्षमताबारे विश्व फुटबलमा कसैको पनि दुईमत छैन । अहिले आएर एउटा तथ्यांक सार्वजनिक भएको छ । जसका अनुसार पछिल्ला दश बर्षदेखि मेसीले जति गोल वा एसिस्ट अन्य कुनै खेलाडीले गर्न सकेका छैनन् ।

सार्वजनिक तथ्यांक अनुसार सन् २००८ देखि पछिल्लो सिजनसम्म मेसीले बार्सिलोनाका लागि ५१० गोल गरेका छन् । मेसीपछि दोस्रो स्थानमा पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो छन् । रोनाल्डोले पछिल्ला दश बर्षमा ४७६ गोल गरेका छन् ।

एसिस्टको चर्चा गर्ने हो पनि मेसी २१२ एसिस्टका सा शिर्ष स्थानमा छन् । त्यस्तै दोस्रो स्थानमा मेसुत ओजिल छन् । उनले २०५ एसिस्ट गरेका छन् ।

त्यसैगरी गोल र एसिस्टलाई पनि समायोजन गर्ने हो भने पनि मेसी ७२२ का साथ शिर्ष स्थानमा छन् । यो सूचीमा पनि रोनाल्डो दोस्रो स्थानमा छन् । रोनाल्डोले ६१९ गोल प्लस एसिस्ट गरेका छन् ।

३१ बर्षिय मेसीले पछिल्ला १० बर्षदेखि लगातार गोलस्कोरिङ चार्टमा आफ्नो दबदबा कायम राखेका छन् । मेसीले यसक्रममा युरोपको शिर्ष पाँच लिगहरुमा किर्तिमानी सात पटक गोलस्कोरिङ चार्टमा आफूलाई शिर्ष स्थानमा उभ्याएका छन् ।