पछिल्लो २० नक-आउट चरणको खेलमा अर्जेन्टीनाको लागि ४ गोल मात्र गर्न सफल मेस्सी

मेस्सी पक्कै पनि संसारकै सबै भन्दा उत्कृष्ट खेलाडी हुन् तर अर्जेन्टीनाको खेलमा उनको प्रदर्शन केहि फितौलो रहेको छ।आयोजग ब्राजिल संग २-०ले हारे पछि मेस्सीको अन्तर्राष्ट्रिय प्रतियोगिता जित्ने सपना फेरी चकनाचुर भएको हो र कोपा अमेरिकामा उनको प्रदर्शन धेरै राम्रो हुन सकेन।


आयोजक ब्राजिल संग २-०ले हारे पछि मेस्सीको अन्तर्राष्ट्रिय प्रतियोगिता जित्ने सपना फेरी चकनाचुर भएको हो र कोपा अमेरिकामा उनको प्रदर्शन धेरै राम्रो हुन सकेन र भाग्यले पनि उनलाई साथ दिएनन् जब उनको निकै राम्रो प्रहर गोल पोस्टमा लग्न पुगेको थियो । उनले कोपा अमेरिकामा मात्र १ गोल गरे जुन उनले पेनाल्टीको मदतमा गरेका थिए। तथ्याङ्कहरू अनुसार मेस्सीले पछिलो २० नक-आउट चरणको खेल (अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा)  मात्र ४ गोल गर्न सफल भएका छन्। मेस्सीले उक्त ४ गोल २००७ र २०१६को कोपा अमेरिका गरेका हुन्।