पक्राउ पर्यो युगान्डाका भारत्तोलन खेलाडी

एजेन्सी, टोकियो ओलम्पिक खेल्न पुगेका युगान्डाका युवा भारत्तोलन खेलाडी पक्राउ परेको छ । गत हप्ता होटेलबाट भागे पछि प्रहरीले उनको खोजी गरेको थियो । अहिले प्रहरीले उनलाइ पक्राउ गर्दै अन्तर्वार्ता लिएको बताएको छ ।

भारत्तोलन जुलियुस योकाइची सहरबाट भेटिएको केन्द्रिय जापान प्रहरी ब्युरोले जनाएको छ ।

उनले आफ्नो होटेलको कोठामा युगान्डा फर्कन नचाहेको नोट लेखेर भागेको थियो । उनले नोटमा जापानमा बसेर आफ्नो भविष्य बनाउन चाहेको उल्लेख गरेको थियो ।

टोक्योमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बद्दै गए पनि शुक्रबार देखि ओलम्पिक हुने आयोजक समितिले जानकारी दिएको छ ।

युगान्डाका सहभागीहरु आइसोलेशन पुरा गर्दै जुलाइ ७ देखि प्रशिक्षण थाल्ने छ । त्यस पश्चिचात टोक्यो ओलम्पिक भिलेज प्रस्थान गर्ने छ ।