पंजावविरुद्धको खेलमा दिल्ली डेयर डेभिल्सको प्लेईङ ११ मा सन्दीप परेनन्   

आइपिएलमा पहिलो पटक खेल्दै गरेका सन्दीप लामिछाने दिल्ली डेयर डेभिल्सको प्लेईङ ११ मा पार्न असफल भएका छन् । 
आज किंग्स इलेभेन पंजावविरुद्ध हुने खेलमा सन्दीपले प्लेईङ ११ मा ठाउ बनाउन असफल भएका हुन् ।
नेपाली समय अनुसार सवा ४ बजे सुरु हुने खेलमा दिल्लीको टीमबाट कप्तान गौतम गम्भीर, अमित मिश्र, कोलिन मुन्रो, मोहमद सामी, रिसव पन्त, ट्रेन्ट बोल्ट, श्रेयास अयेर, विजय शंकर, राहुल टेवाटिया, डेनियल क्रिस्टियन र क्रिस मोरिस खेल्दै छन् ।
आजको खेलमा पंजावले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।