न्यूकासल युनाइटेडले आर्सनलको ट्रान्सफर ‘हाइ ज्याक’ गर्न सक्ने

प्रिमियर लिग क्लब आर्सनल शाख्तर डोनेट्स्कका युक्रेनी स्टार विंगर मिखाइलो मुड्रिकलाई साइन गर्ने प्रयासमा रहेको बेला न्यूकासल युनाइटेडले आर्सनलको ट्रान्सफर ‘हाइ ज्याक’ गर्न सक्ने खबर छ।

युक्रेनी प्रिमियर लिग क्लब शाख्तर डोनेट्स्कमा मिखाइलो मुड्रिकको प्रदर्शन निकै उत्कृष्ट रहेको छ भने धेरै ठुलो युरोपियन क्लबहरूको नजर उनी माथि रहेको बेला आर्सनल पनि उक्त दौडमा रहेको छ भने आउँदो ट्रान्सफर विन्डो उनलाई आर्सनलले साइन गर्न प्रयास गर्ने चर्चा हुँदै गर्दा आर्सनललाई पछि पार्दै उनलाई साइन गर्न न्यूकासल तयार हुने रिपोर्ट छ।

२०२१को जनवरी देखि मिखाइलो मुड्रिक डोनेट्स्कको सिनियर टिममा बढुवा भएका थिए भने हाल २१ वर्षीय विंगर टिमको एक महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित भएका छन्।

उनको खेलको कारण धेरै क्लबहरूको नजर उनी माथि परेको बेला शाख्तर डोनेट्स्क उनलाई बेच्न तयार हुन सक्ने जानकारी छ तर उनको लागि युक्रेनी क्लबले ५० मिलियन युरो भन्दा बढीको माग गर्न सक्ने पनि रिपोर्टहरूले जनाएको छ।

डोनेट्स्कका लागि मिखाइलो मुड्रिकले हाल सम्म ३९ खेल खेल्दै ९ गोल र १६ असिस्ट गरेका छन् भने उनको नाम आर्सनल सहित म्यान सिटी र अन्य ठुलो क्लबहरू सँग पनि जोडिएको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ