न्यु जिल्यान्ड क्रिकेटरहरु आइपिएलमा सहभागी हुने

एजेन्सी, न्यु जिल्यान्ड क्रिकेटका अध्यक्ष डेभिड व्हाइटका अनुसार आइपिएलको दोश्रो लेगका लागि न्यु जिल्यान्ड क्रिकेट खेलाडिहरु उपलब्ध गराइने भएको छ ।

अप्रिलमा सुरु भएको आइपिएल खेलाडिहरुमा संक्रमण देखिए पछि स्थगित गरिएको थियो ।

न्यु जिल्यान्ड क्रिकेटले खेलाडी उपलब्ध गराउने भए पनि इंग्ल्यान्ड वेल्स क्रिकेट बोर्डले भने खेलाडी उपलब्ध गराउन नसकिने जनाएको छ ।

यस्तै, क्रिकेट अष्ट्रेलियाले भने निर्णय लिनसकेको जनाकारी दिएको छ । त्येस्तै, वेस्ट इन्डिजले पनि आइपिएलमा ठूलो मात्रामा खेलाडी र सदस्यहरु उपलब्ध गराउदै आएको छ ।