न्युक्यासल युनाईटेड र टोटेन्हमले अंक बाडे

एजेन्सी, प्रिमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा न्युक्यासल युनाईटेडले टोटेन्हमसंग अंक बाडेको छ।

न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युक्यासल युनाईटेड र टोटेन्हम बिचको खेल २-२ गोलको बराबरीमा सकेको हो।

न्युक्यासलले खेलको २७ औं मिनेटमा अग्रता लिएको थियो। जोलिन्टनले लगंस्टाफको पासमा गोल गरे।

उक्त गोल भएको दुई मिनेट बित्न नपाउदै ह्यारी केनले गोल गर्दै १-१ गोलको अवस्थामा खेललाई पुराए।

त्येस्को केही मिनेट पछि ह्यारी केनले अर्को गोल गर्दै टोटेन्हमलाइ अग्रता दिलाए।

दोश्रो हाफको ८४ औं मिनेटमा विलकले न्युक्यासलका लागि बराबरी गोल गर्दै खेल २-२ गोलको नतिजामा पुराए।

त्यस पछि कुनै टोलिले गोल गर्न नसक्दा खेल बराबरीमा सकेको हो।

यो बराबरि पछि टोटेन्हमले चेल्सीसंग अंक बराबरी गर्ने मौका खेर फाले। टोटेहम अंक तालिकाको पाचौं स्थानमा उक्लेको छ।

त्येस्तै न्युक्यासल भने अंक तालिकामा १७ औं स्थानमा छ।