“न्युक्यासल युनाइटेडमा रोनाल्डो भित्राउन चाहन्छौं”

साउदी अरेबियाका शाही परिवारको लगानी रहेको कम्पनी न्युक्यासल युनाइटेड फुटबल क्लब किन्न असफल भएको कारण धेरै न्युक्यासल फ्यान क्रोधित थिए र प्रिमियर लिगले उक्त बिक्रिमा अवरोध गरेको फ्यानहरुको गुनासो थियो।

हाल फेरी नयाँ कम्पनीले न्युक्यासल युनाइटेड किन्ने कुरा आएको छ। टेलिग्राफका अनुसार बेलाग्राफ नोभा समूह (बीएनजी) ले £२८० मिलियन मा क्लब किन्ने प्रस्ताव गरेको छ भने क्लबमा युभेन्टसका सुपरस्टार रोनाल्डो पनि भित्राउने दावी गरेका छन्।

आइतवार, कम्पनीको आधिकारिक ट्विटर खाताले पोस्ट गरे “क्रिस्टियानो जस्ता खेलाडीहरूसँग नयाँ तालिका स्थापना गर्न चाहन्छौं”।

हाल बेलाग्राफ नोभा समूहले न्युक्यासल युनाइटेड साइन गर्न प्रयास गर्न कागजात तयार पारेको खबर छ र प्रक्रिया केहि समय पछि अघि बढ्ने बेलाग्राफ नोभा समूहको दाबी छ। न्युक्यासल युनाइटेड क्लब र फ्यान समुदायको संलग्नताको साथ बेलाग्राफ नोभा समूहले इंग्ल्याण्डका पुर्व कप्तान एलन शियर्र र पूर्व खेलाडी माइकल चोप्राको पनि सहयोग लिएको खबर छ।