न्युक्यासल युनाइटेडका ११ खेलाडी घाइते भए पछि कोच स्टीव ब्रुस समस्यामा

एफ ए कप अन्तर्गत शनिबार न्युक्यासल युनाइटेडले रोचडेलको यात्रा गर्ने छ र न्युक्यासल टिमको आधा जति पहिलो रोजाईका खेलाडी चोट ग्रस्त छन्।

स्टीव ब्रुसले न्युक्यासल युनाइटेड चोटपटकलाई “ विचित्र” भनेर सम्बोधन गरेका छन र उनको आधा टोली अहिले घाइते अवस्थामा छन्।

जर्डीजले चोटपटकमा चार खेलाडी गुमाए र नयाँ वर्षको दिनमा लेस्टर बिरूद्ध दश जना खेलाडीको साथ ४० मिनेट खेल्न बाध्य भए।

शनिबार रोचडेलमा एफए कपको खेल अगाडि न्युक्यासलको टोलीको ११ खेलाडी अनुपलब्ध हुने छ।

ब्रुसले भने: “यो विचित्र अवस्था हो, हाम्रो २२ आउटफील्ड खेलाडीहरू मध्ये १० घाइते छन्, “यो राम्रो होइन। यो हप्ता हाम्रो खराब रहेको छ। हामीले राम्रो तयार हुनुपर्दछ।”