न्युक्यासलका प्रशिक्षक स्टिभ ब्रुस बर्खास्त

एजेन्सी, न्युक्यासल युनाईटेडले प्रशिक्षक स्टिभ ब्रुसलाई बर्खास्त गरेको क्लबले पुष्टि गरेको छ ।

बिगत दुई बर्ष देखि क्लबको प्रशिक्षकको भुमिका देखिएका ब्रुसलाई साउदि कोषले किने पछि बर्खास्तमा परेका हुन ।

६० वर्षिय ब्रुसको प्रशिक्षणमा न्युक्यासल जारी सिजन जितविहिन रहदै रेलिगेसन क्षेत्रमा रहेको छ ।

उनको स्थानमा ग्रमे जोन्सले कार्यबाहक प्रशिक्षकको रुपमा क्लबले जिम्मेवारी सुम्पेको छ ।

त्यस्तै, उनलाई स्टेभ अग्ने, स्टेफन क्लेमेन्स, बेन डसन र सिमोन स्मिथले प्रशिक्षणमा सघाउने छन ।

न्युक्यासलले शनिबार क्रिस्टल प्यालेसको यात्रा गर्नेछ ।