न्युकास्टल युनाइटेडबिरुद्ध म्यान्चेस्टर सिटी जित्न असफल

इङलिस प्रेमिएर लिग अन्तर्गत सनिबार भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकास्टल युनाइटेडसंग २-२ को बराबरी खेलेको छ ।

खेलमा सिटीले २२ औं मिनेटमा स्टर्लिङको गोलबाट अग्रता लियो ।

२५ औं मिनेटमा न्युकास्टल युनाइटेडका विलिएम्सले गोल गर्दै खेल १-१ को बराबरीमा ल्यायो ।

दोस्रो हाफको ८२ औं मिनेटमा डी ब्र्युनाले सिटीको लागि गोल गर्दै खेल २-१ मा पुर्यायो ।

खेलको ८८ औं मिनेटमा जोन्जो शेल्भेले गोल गर्दै न्युकास्टललाई म्यान्चेस्टर सिटीबिरुद्ध अमुल्य १ पोइन्ट दिलायो ।

बराबरीसंगै हाल म्यान सिटी दोस्रो स्थानमा छ भने न्युकास्टल युनाइटेड १४ औं स्थानमा रहेको छ ।