म्यान्चेस्टर युनाइटेडको नजरमा रहेको खेलाडी भित्र्याउने दौडमा अब न्युकासल

एजेन्सी, स्पेनिश क्लब अट्लेटिको मड्रिडका खेलाडी केइरन ट्रिपियर भित्र्याउने दौडमा इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका साथसाथै अब अर्का इङलिस क्लब न्युकासल युनाइटेड पनि रहेको भनिएको छ।

रिपोर्टका अनुसार न्युकासल ट्रिपियरका साथसाथै स्भेन बट्म्यान पनि भित्र्याउन इच्छुक छन्। गत समर ट्रान्सफर विन्डोमा युनाइटेडले ट्रिपियरका लागि गरेको करिब १४ मिलियन युरोको प्रस्ताव अट्लेटिको मड्रिडले अस्विकार गरेको भनिएको थियो।