नोयर क्यान्सर मुक्त

एजेन्सी । बायर्न म्युनिकका गोलकिपर मानुएल नोयर क्यान्सर मुक्त भएको छ । उनको अनुहारमा छालाको क्यान्सर भएको नोयरले एक अन्तर्वार्तामा बताएका छन् ।

उनको छालामा तीन चोटि शल्यक्रिया गरेको जर्मन मेडिया ब्लिडले जनाएको छ ।

बुधबार ब्लिडले नोयरले छालाको क्यान्सरमाथि विजय प्राप्त गर्न तीन पटक शल्यक्रिया गर्नु परेको बताएको छ ।

नोयर क्यान्सर मुक्त भए पछि शनिबार हर्था बर्लिनसंगको खेलमा मैदान फर्किने तयारी गरेको छ ।

उनले अक्टोबरको सुरुवातमा बोरुसिया डर्ट्मुविरुद्धको खेलमा चोट बोके पछि मैदान बाहिर रहदै आएका थिए ।