नोभाक जोकोविच युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश

विश्व नम्बर एक नोभाक जोकोविच युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन्।

न्युर्योकमा भएको पहिलो चरणको खेलमा स्पेनिस रोबर्तो कारबालेस बाएनालाई पराजित गर्दै जोकोविचले दोस्रो चरणमा स्थान बनाएका हुन्।

सर्बियन जोकोविचले बाएनालाई ६–४, ६–१ र ६–४ को सेटमा पराजित गरेका हुन् । जोकोविचले दोस्रो चरणमा अमेरिकी साम क्वेरी वा क्वान इग्नासिओ लोन्देरोसँग प्रतिस्पर्धा गर्ने छन्।

उनले यो प्रतियोगिता तीन पटक जितेका छन्।