नोभाक जोकोविचले जिते विम्बल्डन टेनिसको उपाधि

रोजर फेडेररलाई पराजित गर्दै नोभाक जोकोविचले विम्बल्डन टेनिसको उपाधि जितेका छन्।

आइतबार राति सम्पन्न खेलमा पाँचौ पटक उपाधिमाथि कब्जा जमाउन जोकोविचलाई ४ घण्टा ५७ मिनेट लाग्यो। विम्बल्डन टेनिसको इतिहासमा एकलतर्फ सबैभन्दा लामो अवधिको खेल बन्न पुग्यो।

जोकोविचले फेडेररलाई ७-६ (७-५), १-६, ७-६ (७-४), ४-६ र १३-१२ (७–३) को सेटमा पराजित गरेर विम्बल्डनको विजेता बने। गत बर्षको विम्बल्डनको उपाधि पनि जोकोबिचले नै जितेका थिए।