नेसन्स लिगमा अन्सु फातीको प्रभावकारी प्रदर्शन र कीर्तिमानी गोल

यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनले युक्रेनमाथि शानदार जित निकालेकाे छ । आइतबार राति भएको खेलमा स्पेनले युक्रेनलाई ४–० गोल अन्तरले पराजित गरेको हो। उक्त खेलमा स्पेनका युवा स्टार प्रभावकारी प्रदर्शन रहेको थियो।

घरेलु मैदनमा भएको खेलमा स्पेनलाई सहज जित दिलाउन कप्तान सर्जियो रामोसले दुई गोल गरे भने बार्साका स्टार युवा खेलाडी अन्सु फाती र सिटीका नयाँ खेलाडी फेरान टोरेसले एक–एक गोल गरे ।

३२ औँ मिनेटमा स्पेनका लागि अन्सु फातीले गोल गर्दै स्पेनलाई ३-० गोलको अग्रता दिलाए । उनले गरेको गोलले स्पेनिस फुटबलका लागि एक नयाँ कीर्तिमान बनेको छ । फाती हाल स्पेनिस राष्ट्रिय टोलीका लािग सबै भन्दा सानो उमेरमा गोल गर्ने खेलाडी बनेका छन् । १७ वर्षिय फाती हाल स्पेनिस ला लिगा क्लब बार्सिलोनाका लागि पनि उत्कृष्ट खेलाडीको रुपमा परिचित छन् ।

खेलको ८४ औ मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ४–० गोलको जित दिलाए ।

जितसँगै समूह डीको स्पेनले दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ । दोस्रो स्थानको युक्रेनको ३ अंक रहेको छ ।