नेसन्स लिगको सेमिफाइनलको ‘ड्र’ सार्वजनिक

यूईएफए नेसन्स लिग फुटबलको सेमिफाइनल ‘ड्र’ सार्वजनिक भएको छ ।

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार सेमिफाइनल ‘ड्र’ सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको ‘ड्र’ अनुसार पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन् ।

पहिलो सेमिफाइनल मिलानमा २०२१ को अक्टोबर ६ मा हुनेछ ।

यस्तै दोस्रो सेमिफाइनलमा बेल्जियम र फ्रान्स भिड्ने छन् ।

दोस्रो सेमिफाइनल खेल अक्टोबर ७ मा टुरिनमा हुनेछ ।

फाइनल खेल अक्टोबर १० मा मिलानमा हुनेछ ।

त्यहिँ दिन तेस्रो स्थानको लागि समेत प्रतिस्पर्धा हुनेछ ।