नेसन्स लिगको फाइनलमा आज पोर्चुगल र नेदरल्यान्ड्स भिड्दै; खेल कति बजे? पुरा जानकारी

नेसन्स लिग फुटबल प्रतियोगितामा आज उपाधि भिडन्त हुँदैछ । पहिलो संस्करणको उपाधिका लागि सन् २०१६ को युरो च्याम्पियन पोर्चुगल र नेदरल्यान्ड्स भिड्दैछन् ।

फाइनल खेल पोर्चुगलस्थित इस्टाडियो डो ड्रागाओ रंगशालामा नेपाली समयअुसार राति १२ः३० बजेबाट सुरु हुनेछ । नेपालमा यी खेल सोनी नेटवर्कअन्तर्गका च्यानलबाट प्रत्यक्ष्ण प्रशारण हुनेछ ।

यसअघि सेमिफाइनलमा पोर्चुगलले स्वीट्जरल्यान्ड र नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई हराएर फाइनलमा स्थान बनाएका थिए ।

आजै तेस्रो स्थानका लागि सेमिफाइनलमा स्वीट्जरल्यान्ड र इंग्ल्यान्ड पनि खेल्दैछन् । यो खेल साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।