नेल्सन सेमेडो र बार्सा बीच नयाँ सम्झौताको कुरा असफल

नेल्सन सेमेडो बार्सिलोना संग नयाँ सम्झौताको वार्ताबाट पछि हटेका छन्।

खबर अनुसार उनका एजेन्ट जोर्गे मेन्डेज २०२२ सम्म क्लबको नयाँ प्रस्ताव स्वीकार्न उत्सुक छैनन्।

सेमेडो ले धेरै खेल समय नपाए क्लब छोड्न सक्ने खाबा हुँदा बार्सा बीच नयाँ सम्झौताको कुरा असफल भएको छ।

जनवरीमा मेन्डेस र क्लब बीच छलफल सुरु भएको थियो। बार्सिलोना सेमेडोको सम्झौता दुई वर्ष थप गर्न चाहन्छन् र यदि उनले स्वीकार गरेन भने उनको लागि क्लब छोड्ने ढोका खुला हुनेछ।

सेमेडोले अरु क्लबहरुको आफुमा चासो हेर्न वार्ताबाट पछि हटेको खबर छ।