नेय्मार भन्छन “मेस्सी आए म पिएसजिमा बस्छु”

नेय्मारले मेस्सी पिएसजिमा आए आफुले सम्झौता नवीकरण गर्ने बताए।

ब्राजिलियन फरवार्ड बिगत १८ महिना अघि देखि क्लब छोड्ने भनेर विभिन्न सञ्चारले जनाएका थिए। उन्को नाम बार्सिलोनासंग जोड्दै आएका छन।

मेस्सीको सम्झौता २०२१ को जुनमा सकिदै छ्न। उन्ले सिजनको सुरुमा तत्कालीन अध्यक्ष जोसेप बार्तोमेउसंग विवादमा परे पछि क्लब छोड्न चाहेको हो।

स्पेनिस सञ्चार मुन्दो देपोर्तिभोका अनुसार नेय्मार पिएसजिमा मेस्सी क्लबमा आउने वा नआउनेमा निर्भर पर्ने बताए।

पिएसजि विङ्गर आफू फेरि मेस्सीसंग खेल्न चाहेको बताउदै आइरहेका छन। यी दुई जोडिले २ ला लिगा, ३ स्पानीस कप त्येस्तै २०१५ मा च्याम्पियनस लिग र क्लब विश्व कप आफ्नो ४ बर्षको दौरानमा जितेको थियो।