नेयमार मेस्सी र रोनाल्डोबाट प्रेरित, मेस्सीलाइ येसरी गरे तारिफ

बास्केटबलका उत्कृष्ट खेलाडी स्टेफन करीसँगको भेटमा मेसी र रोनाल्डोको प्रशंसा गर्दै नेयमारले उनीहरुबाट आफुले धेरै सिकेको बताएका छन् ।

‘मैले मेसीसँग खेले । उनी मेरो लागि सर्वकालिन उत्कृष्ट खेलाडी मध्येका एक हुन् । फुटबलमा उनी मेरो आदर्श हुन्,’ उनले भने, ‘मैले मेसीबाट हरेक दिन सिके, अभ्यास र खेलका दौरान । त्यस्तै हेरेर पनि सिके । जसले मलाई थप बलियो र आफ्नो क्षमता बढाउनका लागि मद्दत गर्यो ।’

रोनाल्डोका विषयमा पनि नेयमारले आफ्नो अनुभव साटेका छन् । ‘रोनाल्डोको सामना गर्न पाउनु गर्वको विषय हो । उनीसँग खेल्दा निकै तयार अवस्थामा रहनुपर्ने हुन्छ,’ उनले भने, ‘उनी उत्कृष्ट खेलाडी मध्येका एक हुन् । निकै चलाख छन् । उनीबाट पनि धेरै सिक्ने चिज छन् ।’

नेयमारले मेसी र रोनाल्डो विषयमा थपे, ‘उनीहरु फुटबलका दुई ठूला नाम हुन् । त्यसैले उनीहरुसँगको प्रसंग छोडिन्छ । म उनीहरुभन्दा बढी भन्दा बढी सिक्न, जित्न, बढी भन्दा बढी उपाधि जित्न र बढी भन्दा बढी गोल गर्न चाहन्छु । त्यसले उनीहरबाट हरेक दिन केहि न केहि सिक्ने विषय हुन्छ