नेयमार भित्र्याउन नसकेपछि, मेस्सीलाई बार्सिलोनाका अध्यक्षले धोका दिएको महसुस

लियोनल मेस्सीले माग गर्नुअघि स्पेनिस बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ पूर्वखेलाडी नेइमारलाई पुनः फर्काउने पक्षमा कहिल्यै पनि थिएनन् । तर, जब मेस्सीले क्लबसँग मेस्सीलाई फर्काउन माग गरे, बार्टोमेउ पनि राजी भए ।

तर, घटनाक्रम विकास हुँदै जाँदा मेस्सी अहिले क्लबका अध्यक्षबाट आफूलाई ‘धोका भएको’ अनुभूत गरिरहेका छन् । त्यो कसरी भने, बार्टोमेउले नेइमारलाई फर्काउन सबैखाले प्रयास गर्ने भन्दै मेस्सीलाई विश्वास दिलाएका थिए । तर, अहिले आएर मेस्सी व्यवहारमा त्यस्तो नदेखिएको निचोडमा पुगेका छन् ।

त्यत्ति मात्रै होइन, बार्सिलोनाले पिएसजीसँग बाहिर चर्चा भएभन्दा निकै कमको मात्रै अफर गरेको सूचना पनि मेस्सीले पाएका छन् । यस्तो खबर स्पेनको चर्चित पत्रका ‘मार्सा’लगायत थुप्रै मिडियाले छापेका छन् ।

नेइमार फर्काउने विषयमा क्लबका अध्यक्षले आफूलाई वचन दिएजसरी प्रयास नगरेको कुरा मेस्सीले ड्रेसिङ रुमका अन्य खेलाडीसँग सेयर गरेको खबरमा उल्लेख छ । मिडिया रिपोर्टमा बार्सिलोनाले नेइमारका लागि ठूल्ठूला अफर गरेको खबर चर्चामा आए पनि खासमा बार्सिलोनाले १४० मिलियन युरो आसपासको मात्रै अफर गरेको सूचना मेस्सीसँग पुगेको खबरमा दाबी गरिएको छ ।

क्लबका अध्यक्षले आफूसँग छलफल हुँदा जसरी नेइमारको विषयमा गम्भीर प्रयास नगर्दा मेस्सीले आफू धोका वा आफूसँग ‘चिट’ भएको ठानेका छन् ।