‘नेयमार बार्सिलोना फर्के ब्राजिलियन फूटबललाई राम्रो हुनेछ’ – लुइस

ब्राजिलियन लेफ्ट ब्याक खेलाडी फिलिपे लुइसले पीएसजीका स्टार नेयमारलाई बार्सिलोनामा हेर्न चाहेको बताएका छन् ।

लुइसले एथ्लेटिको मड्रिडका ग्रिजम्यान क्लबमा भित्रिएपछि नेयमार बार्सिलोना फर्कन त्यति सहज नभएको तर पनि आफूले नेयमारलाई बार्सिलोनामा हेर्न चाहेको बताएका हुन् ।

नेयमारले फ्रेन्च क्लब पीएसजी छोड्ने घोषणा गरिसकेका छन् । सन् २०१७ मा कीर्तिमानी रकममा पीएसजी गएका उनी पुनः पूर्वक्लब आउने योजनामा छन् । पीएसजीका खेल निर्देशक लियोनार्डोले पनि नेयमार उचित मूल्यमा उपलब्ध हुने बताइसकेका छन् ।

रियल मड्रिड पनि नेयमारको अर्को सम्भावित गन्तब्यका रूपमा रहेको बताइएको छ । तर, बार्सिलोनाका लुइस भने सहकर्मी नेयमारलाई बार्सिलोना फर्किएको देख्न चाहेको बताएका छन् । उनले कोपेको टिएम्पो डी जुएगो नामक कार्यक्रमा बोल्दै भनेका छन्, ‘म उनलाई बार्सिलोनामा हेर्न चाहान्छु ।’

उनले आफूलाई मेस्सी र नेयमार एकसाथ खेलेको साह्रै राम्रो लाग्ने र ब्राजिलियन फूटबललाई पनि नेयमार बार्सिलोना गए फाइदा हुने बताएका छन् । ‘नेयमार बार्सामा छँदा उनी धेरै खुशी थिए’, उनले थपे, ‘म नेयमारलाई फेरि बार्सिलोना आएर मेस्सीसँग रमाउँदै खेलेको हेर्न मन छ । यी दुई एकसाथ खेलेको मलाई यो साह्रै राम्रा लाग्छ । म आसा गर्छु कि ब्राजिलियन फूटबलको प्रगतिको लागि उनी बार्सिलोना जाओस् । तर, यो त्यति सहज छैन ।