नेयमार फर्केको खेलमा पीएसजीको सहज जित

फ्रेन्च लिग लिग वान अन्तर्गत शुक्रबार राती भएको खेलमा पेरिस सेन्ट जर्मेनले लिल्लमाथी २-० को जित हात पारेको छ ।

केही समय देखि चोटका कारण मैदान बाहिर रहदै आएका नेयमार यस खेलमा सुरुवाती मै खेलेको थियो तर गोल भने गर्न सफल भएन ।

खेलमा पीएसजीले १७ औं मिनेटमा इकार्डीको गोलले अग्रता लिएको थियो ।

त्यस्तै ३१ औं मिनेटमा एन्जेल डि मारियाले गोल गर्दै पीएसजीलाई २-० को सहज जित दिलायो ।

जितसंगै पीएसजी पहिलो स्थानमा यथावत रहेको छ भने लिल्ल छैठौं स्थानमा रहेको छ ।