नेयमार एम्बाप्पे र इकार्डिको गोलमा पीएसजीको उत्कृष्ट पुनरागमन जित

फ्रेन्च लिग लिग वान अन्तर्गत सनिबार भएको खेलमा पेरिस सेन्ट जर्मेनले मोन्ट्पेलिएरलाई ३-१ ले हराउन सफल भएको छ ।

खेलमा मोन्ट्पेलिएरले ४१औं मिनेटमा अग्रता लिन सफल भयो । पीएसजीका पारेडेसले आत्मघाती गोल गर्दै मोन्ट्पेलिएरले १-० को अग्रता बनायो ।

७४ औं मिनेटमा नेयमारले गोल गर्दै खेल बराबरीमा ल्यायो । ७६ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलायो । ८१ औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीले खेल ३-१ ले जित्न सफल भयो ।

जितसंगै पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ भने मोन्ट्पेलिएर ८ औं स्थानमा रहेको छ ।