नेयमारले रियल मड्रिडबाट खेल्न बार्सा छोडेको खुलसा

पेरिस सेन्ट जर्मेृनका ब्राजिलियन स्टार नेयमारले रियल मड्रिडका स्टार क्रिष्टियानो रोनाल्डोसँग खेल्ने इच्छा व्यक्त गरेका छन् ।

स्पेनिस पत्रिका मार्काका अनुसार रोनाल्डोसँग खेल्न नेयमारले पिएसजी छोड्ने तयारी गरेका छन् । मार्काले यो खबर शनिवार प्रथम पृष्ठमा प्रकाशित गरेको छ ।

नेयमार यही सिजनमा बार्सिलोनबाट १९८ मिलियन पाउण्डमा फ्रेन्च क्लब पिएसजीमा अनुबन्धित भएका थिए । पिएसजीबाट उनले ३० खेल खेल्दै २८ गोल गरेका छन् ।

यद्यपी २५ फेब्रअरीमा लिग वान अन्र्तगत मार्सेली विरुद्धको खेलमा उनले खुट्टामा चोट बोकेपछि उनी मैदान बाहिर छन् । उनी विश्वकपमा भने मैदान फर्कने आशा गरिएको छ ।

उनी ब्राजिलको विश्वकप तयारी प्रशिक्षणमा सहभागि हुने सक्ने र उक्त प्रशिक्षण २१ मे बाट सुरु हुने बताइएको छ । विश्वकपमा ब्राजिलले १७ जुनमा स्विट्जरल्याण्डसँग पहिलो खेल खेल्नेछ ।