नेयमारले छोड्यो भने फ्रेन्च लिगलाई नै घाता हुने

पिएसजीले यदि नेयमारलाई गुमायो भने त्यो लिग १ कै लागि ठूलो घाटा हुने लियोनका अध्यक्ष जिन मिचेल औलसले बताएका छन् । त्यसले लिग १ च्याम्पियन पिएसजीले आफ्ना सुपर स्टारलाई राख्नका लागि हर सम्भव प्रयास गर्नुपर्ने उनले बताएका छन् ।

नेयमारले पिएसजी छाड्न सक्ने चर्चा अझै सेलाएको छैन । उनी पुरानै क्लब बार्सिलोना फर्कने अड्कलबाजी यथावत छ । समय समयमा नेयमार बार्सिलोना फर्कने चर्चा भएपनि अहिले सम्म कुनै सम्झौता भने भएको छैन । यद्दपी उनले क्लब छाडेर जान सक्ने सम्भवाना भने कसैले नकारेको छैनन् ।

औलसले नेयमारलाई गुमाउनु भएको लिग १ लागि नै असर पर्न सक्ने तर्क गरेका छन् । उनी फ्रान्समा खेलिरहेकै कारण टिभि राइट्समा विक्रिका लागि ठूलो मद्दत पुगेको छ ।

‘नेयमारका कारण पनि टिभि राइट्स मंहगो भएको छ । यदि उनले छाड्ने अवस्था आयो भने त्यो लिग १ का लागि दुःखद हुनेछ,’ लियोनका अध्यक्षले भने, ‘उनी बार्सिलोनाबाट ठूलो रकममा पिएसजी गएका हुन् । मेरो विचारमा उनलाई राख्नाका लागि क्लबले प्रयास गर्नुपर्दछ ।’

लियोन आफै भने यति बेला कमजोर अवस्थामा रहेको छ । यो समरमा उनी आफ्नो केहि खेलाडी बेचेको छ । औलसले भने भविष्यमा पिएसजीलाई चुनौती दिने गरि तयारी गर्ने बताएका छन् ।

‘आउने केहि वर्षमा हामी पिएसजीसँग प्रतिस्पर्धा गर्न सक्षम हुनेछौं । हामी लगानी जारी राख्नेछौं । पिएसजीको नजिक पुग्नु हाम्रो लक्ष्य हो,’ उनले भने, ‘तर पहिलो वर्ष हाम्रो लागि त्यो कठिन छ । हामीले धर्यता राख्नुपर्दछ । यो योजना ३ देखि ५ वर्षको हुनेछ । दुई क्लबबीचको मुख्य फरक भनेको लगानी नै हो ।’