नेयमारले क्लब छोड्न सक्छन्, पिएसजीका निर्देशकले पुष्टि गरे

पिएसजीका निर्देशक, लियोनार्डो, भन्छन् नेयमारले क्लब छोड्न सक्छन् तर प्रस्ताव ‘सबै पक्षहरूलाई सुहाउनु पर्छ’ ।

“यो एकदम स्पष्ट छ,” लियोनार्डोले भने। “फुटबलमा, तपाईं एक कुरा भन्नुहुन्छ र त्यसपछि अर्को दिन अर्को कुरा । यो अविश्वसनीय छ, तर यो येस्तो नै छ।

“हामीले नेयमारको प्रतिनिधिसँग कुरा गरेका छौँ। उनीहरूको स्थिति स्पष्ट छ (क्लब छोड्ने वारे) तर त्यहाँ एक मात्र कुरा हो जुन अहिलेको लागि निश्चित छ: नेयमारसँग हाम्रो तीन-वर्षको सम्झौता छ र, हामीले नेयमारका लागि कुनै प्रस्तावहरू पाएका छैनौ, त्यसैले हामीले उनको कुनै कुरामा अहिले छलफल गर्न मिल्दैन ।

यदि नेयमारको लागि उचित प्रस्ताव आउछ उनले पिएसजी छोडन सक्छ,” निर्देशक लियोनार्डोले भने ।

“तर, येदि उनलाई कुनै क्लबले किन्न चाहन्छ भने यो सबै एकै दिनमा हुन सक्दैन, यो कुरामा म निश्चित छु।