ब्राजिलका स्टार फर्वाड नेयमार जुनियरले ब्राजिलका लेजेन्ड रोनाल्डोलाई उछिन्दै ब्राजिलको दोस्रो शीर्ष गोलकर्ता बन्न सफल भएको छ ।
नेयमारले बुधबार बिहान भएको पेरुबिरुद्धको ४-२ को जितमा ह्याटि्रक गर्दै रोनाल्डोलाई उछिनेको हो ।
नेयमारले ब्राजिलका लागि ६४ गोल गर्न सफल भएको छ भने रोनाल्डोले ६२ गोल गरेका छन् ।
ब्राजिलका शीर्ष गोलकर्ता पेले रहेको छ । पेलेले ब्राजिलका लागि ७७ गोल गरेका छन् ।
28’—⚽️
83’—⚽️
90+4’—⚽️Neymar’s hat-trick moved him past Ronaldo to become Brazil’s No. 2 all-time leading scorer with 64 goals 🇧🇷 pic.twitter.com/KKvP0UTCX4
— B/R Football (@brfootball) October 14, 2020
२८ वर्षिय नेयमार शीर्ष गोलकर्ता पेले भन्दा मात्र १३ गोलले पछाडी रहेको छ ।