फ्रेन्च क्लब पिएसजी तथा ब्राजिल राष्ट्रिय टोलिका स्टार खेलाडी नेयमारमाथिको भ्रष्टाचार र ठगी आरोपको मुद्दा खारेज भएको छ ।
नेयमारलाई बार्सिलोनामा अनुबन्ध हुँदा भ्रष्टाचार र ठगी गरेको आरोपमा मुद्दा चलाईएको थियो ।
नेयमार २०१३ मा सान्तोसबाट बार्सिलोनामा अनुबन्धित भएका थिए ।
नेयमारविरुद्ध २ वर्षको जेल सजाय र ८.४ मिलियन पाउण्ड जरिवानाको मागसहित मुद्दा दायर गरिएको थियो ।
नेयमारसँगै उनका बाबुआमा, बार्सिलोनाका पूर्व दुई अध्यक्ष जोसेप मारिया बार्टोमेउ र सान्ड्रो रोसेलविरुद्ध समेत मुद्दा दर्ता गरिएको थियो ।
तर, अभियोजकहरुले नेयमारविरुद्धको मुद्दा फिर्ता लिने घोषणा गरेका छन् ।
नेयमार १४ मिलियन पाउण्डमा बार्सिलोनामा अनुबन्धित भएका थिए ।
तर, खुलाईएको रकम भन्दा बढीमा सम्झौता भएको आशंका गरिएको छ ।