नेयमारमाथी लागेको बालात्कारको आरोप बहिष्कृत

ब्राजिलियन पुलिसले आफ्ना स्टार खेलाडी नेयमारमाथी लागेको बालात्कारको आरोप समात्प भएको जनाएको छ ।
अनुसन्धानका क्रममा ब्राजिलको साओ पाउलोका एट्रोनी जनरलको कार्यालयले कुनै प्रमाण नभेटेको भन्दै आरोप समाप्त भएको जनाएको हो ।

ब्राजिलियन युवती नजिला ट्रिन्डाडेले नेयरमामाथी पेरिसको एक होटेलमा बालात्कार गरेको आरोप लगाएको थियो । उनले प्रहरी समक्ष दिएको बयानमा नेइमार मादकपदार्थ सेवन गरेर आएको र आफुलाई बलात्कार गरेको आरोप लगाएकी थिएन् ।

तर, नेयमारले बारम्बार उक्त आरोपको खण्डन गर्दै आएका थिए । नेइमारले एक विज्ञप्ति जारी गर्दै सो आरोप झुटा भएको र आफुहरुसँग भएका सबै प्रमाणहरु आवश्यक परेको बेला प्रहरीलाई बुझाउने समेत उल्लेख गरेका थिए ।

२७ वर्षीय नेयमारमाथी रियो दि जेनेरियोमा पुलिसद्धारा विना सहमतीमा नेयरमाले ट्रिन्डाडेको भिडियो सामाजिक सञ्जालमा किन राखेको भन्दै अनुसन्धान गरेको थियो ।