नेयमारको मूल्यमा ठुलो गिरावट, येस्तो छ कारण

लगातार विवाद र इन्जुरीको समस्याले ग्रसित ब्राजिलका फुटबलर नेइमारको मुल्यमा ८० मिलियन युरोले कमी आएको छ ।

खेलाडीको ब्राण्ड भ्यालुसम्बन्धि अध्ययन गर्ने संस्था सिआईइएस फुटबल अब्जरभाटोरीले जारी गरेको रिपोर्टमा नेइमारको मुल्य घटेको उल्लेख गरेको छ । पछिल्लो ६ महिनामा नेइमारले मैदान र मैदान बाहिर गरेका गतिबिधिका कारण उनको मुल्यमा कमि आएको सो रिपोर्टमा उल्लेख गरिएको छ ।

मैदान बाहिर उनको व्यबहारका कारण पनि उनी विवादमा पर्दै आएका छन् । लिग वान र च्याम्पियन्स लिगका खेलमा समेत प्रतिबन्धमा परेका नेइमार आफ्ना सहकर्मी किलीयन एम्बाप्पेसँगको विवाद समेत चर्चामा रहेको थियो ।

त्यस्तै पछिल्लो समय उनीमाथि ब्राजिलकी एक मोडललाई बलात्कार गरेको आरोप लागेपछि त उनको लोकप्रियता झन खस्किएको बताइएको छ । यी सबै प्रकरणपछि अहिले नेइमारको मुल्य १२० मिलियन युरोको आसपास रहेको सिआईइएस फुटबलले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

ब्राजिलको कोपा खेल्ने टिमबाट बाहिरिएका नेइमार अहिले आफूमाथि लागेको बलात्कारको आरोपविरुद्ध कानुनी लडाईमा रहेका छन् ।

यसका साथै पछिल्लो समय नेइमारले पिएसजी यसै सिजनमा छोड्ने र बार्सिलोना जाने सम्भावन बढेको मिडिया रिपोर्ट समेत सार्वजनिक भएको छ । नेइमार बार्सिलोना जान सक्ने भएकै कारण एन्टोनी ग्रीजम्यानका विषयमा अहिले कुनै कुराकानी नभएको समेत मिडिया रिपोर्टमा उल्लेख छ ।