नेयमारको टिम पीएसजी कमजोर टिमसँग पराजित

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।बुधबार राति भएको खेलमा पीएसजी घरेलु मैदानमा रिम्ससँग २-० ले पराजित भएको हो ।

रिम्सलाई जित दिलाउन हसाने कामारा र बौलाए डियाले एक-एक गोल गरे । खेलको २९ औं मिनेटमा कामाराको गोलबाट रिम्सले १-०को अग्रता बनाएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा डियाले गोल गर्दै रिम्सलाई २-० को महत्वपूर्ण जित दिलाए ।

हारसँगै पीएसजी शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन चुके। लिगमा पीएसजीको ७ खेलबाट १५ अंक छ भने दोस्रो स्थानको एन्गर्सको पनि १५ अंक रहेको छ । आठौं स्थानको रिम्सको ७ खेलमा ११ अंक छ ।