नेयमारको गोलमा ब्राजिलको उरुग्वे माथी जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले आफ्नो चीर प्रतिद्वन्द्वी उरुग्वेलाई हराएको छ । इंग्लिस क्लब आर्सनलको रंगशाला इमिरेट्स रंगशालामा गत राति भएको खेलमा ब्राजिलले १ मात्रै पेनाल्टी गोलको मदतमा उरुग्वेलाई हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोलीले उच्च प्रदर्शन गरेका थिए । पहिलो हाफमा दुवै टोलीले केही गोलका लागि अवसर बनाए पनि त्यसको सदुपयोग हुन सकेन ।

दोस्रो हाफमा सुरुबाटै दुवै टोलीले आक्रामक खेल पनि गोलको खाता खुल्लेन । उरुग्वेका लुइस स्वारेजको एक आकर्षक फ्रि किक प्रहार ब्राजिलका गोलरक्षककले असफल पारेपछि उरुग्वेले अग्रता लिने मौका गुमाएको थियो ।

तर, त्यसको केहीबेरपछि नै ब्राजिलले पेनाल्टी पयो । खेलको ७६औं मिनेटमा डि–एरियामा उरुग्वेका इडिसन काभानीले नेइमारलाई फउल गरेपछि रेफ्रीले ब्राजिललाई पेनाल्टीको मोका दिए । जसमा नेइमारले कुनै गल्ती नगरी गोल गरे । र, खेल ब्राजिलले १–० ले जित्यो ।